सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

पाेखरा | चैत १९, २०८१

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

पोखरा:  ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् ।


सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो ।
मर्यादीत सहकारी, समुउन्नत समाज भन्ने मूल नाराका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस बुधबार मनाउदै छन् ।


पामे बजार फेवातालका मुहान क्षेत्रका साथै पर्यटकी स्थल भएका कारण पनि सरसफाइमा ध्यान दिदै आफुहरुले सर सफाइ गरेका सहकारीका अध्यक्ष नवराज पराजुलीले जानकारी दिए । उनले सहकरीले सामाजीक क्षेत्रमा पनि बेला बेला विभिन्न काम गर्दै आएको बताए ।


पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल लगाएतका फोहोरहरु भेटिएको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए । उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा राख्नु पर्ने बताए ।


सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०८०र८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार कर्जा प्रवाह गरेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्