नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा पोखरामा हुने
पाेखरा | चैत १४, २०८१
पोखरा: नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं वार्षिक साधारण पोखरामा हुने भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै साधारण सभा पोखरामा हुन लागेको जानकारी दिएको हो ।
चैत १६ गते पोखरामा हुने १२ औं वार्षिक साधारणमा सभामा ७ सय बढी प्रतिनिधिहरुको सहभागिता रहने महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइलीले बताए ।
साधारणसभाको उद्घाटन नेपाल सरकारका सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । साधारण सभामा सुनचाँदी व्यवसायलाई मर्यादित , प्रतिष्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउने उद्धेश्यले विभिन्न एजेण्डाहरुलाई समेटेर पोखरा घोषणापत्र समेत सार्वजनिक गर्ने अध्यक्ष रसाइलीले बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

