बूढीगण्डकीमा डुबेर एक जनाको मृत्यु

गोरखा | चैत १४, २०८१

बूढीगण्डकीमा डुबेर एक जनाको मृत्यु सांकेतिक तस्वीर

गोरखा:  एसइई परीक्षा दिइरहेका एक बालकको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    
“आरुघाट–४ थुमी आएका एसइई दिन आएका उनी साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए”, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भन्नुभयो, “हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो ।” 

    
खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्