दाङमा प्लाई उद्योगमा आगलागी
दाङ | चैत ११, २०८१

दाङ: घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् ।
आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताउनुभयो । उहाँले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।
पोखरा: नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश/कास्की जिल्ला/माछापुुच्छ«े गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसका अवसर पारी आज कास्कीको माछापुुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा प्रथम क...
पोखरा: पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र ...
पोखरा: पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजना तयार भएको छ। विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हु...