पिएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, मतदान जारी

पाेखरा | चैत १०, २०८१

पिएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, मतदान जारी

पोखरा:   पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते निर्वाचनको मिति  तोकेपनि निर्वाचन अधिकृतबाट मतपत्रमा त्रुटि हुँदा मतदान हुन सकेको थिएन । 


चैत ६ गते बसेको सर्वपक्षीय बैठकले चैत १० गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो । २०६५ साल यता स्ववियूको निर्वाचन हुन सकेको थिएन ।

 

अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् । यहाँ ९ हजार २७० विद्यार्थी रहेका छन् ।


अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्