सम्झौताको दश महिनापछि पुल निर्माण सुरु
तनहुँ | चैत ८, २०८१
तस्बिर फाइल
तनहुँ: भिमाद नगरपालिका–५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सम्झौता भएको दश महिनापछि पक्की निर्माण सुरु भएको हो ।
पुल रु दुई करोड ५९ लाख ५७ हजारमा विसं २०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबीच सम्झौता भएको थियो ।
विसं २०८२ मङ्सिर २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले गर्नुभयो ।
शृङ्गपथअन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि तनहुँसहित पाल्पा, नवलपुर र स्याङ्जा आवागमन सहज हुनेछ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

