सुनको मूल्य स्थिर: चाँदीको घट्यो
काठमाडाैं | चैत ७, २०८१
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ ।
सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला रु १५ ले घटेर रु दुई हजार ३० निर्धारण भएको छ । बुधबार सोही परिमाणको चाँदी रु दुई हजार ४५मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

