यातायात कार्यालय पाँच रोपनी जग्गा दान
तनहुँ | चैत ६, २०८१
तनहुँ: बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् ।
स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको करिब रु तीन करोड मूल्य पर्ने जग्गा दान गर्नुभएको हो ।
मङ्गलबार जिल्ला मालपोत कार्यालय, तनहुँमा अधिकारी परिवारले यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीलाई लालपुर्जा हस्तान्तरण गर्नुभयो ।
यसअघि पनि अधिकारी दम्पतीले बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि आठ आना जग्गा दान गर्नुभएको थियो । “जग्गा दान गर्न पाउँदा निकै खुसी लागेको छ, गाउँ र समाजको सेवाका लागि काम गर्न पाउँदा हर्षित छु”, कृष्णराज अधिकारीले भन्नुभयो ।
जग्गा यातायात कार्यालयलाई दिएकामा खुशी व्यक्त गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उहाँलाई सम्मान गरिने बताउनुभयो ।
कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध भइसकेको र भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी मन्त्रालयसँग बजेट माग गरिने जिल्ला मालपोत कार्यालयका प्रमुख ओलीले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

