गण्डकीमा २२ गतेदेखि सार्वजनिक सवारी ठप्प पार्ने यातायात व्यवसायीको घोषणा

२० हजार बढी गाडी घर–ग्यारेजमा पार्किङ गर्ने

पाेखरा | साउन १८, २०७९

गण्डकीमा २२ गतेदेखि सार्वजनिक सवारी ठप्प पार्ने यातायात व्यवसायीको घोषणा

पोखरा:  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

 

आगामी २२ गते आइतबारदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा पार्किङ गर्ने आज (बुधबार) विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।

 

गण्डकी प्रदेश सरकारले नागरिक र यातायात व्यवसायीको हित विपरित कर वृद्धि गरेको भन्दै आन्दोलनको घोषणा गरेको पृथ्वी राजमार्ग यातायात बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए । ‘हाम्रो कोरोना महामारीबाट मुक्त भएको व्यवसायलाई प्रदेश सरकारले करमा बृद्धि गरेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुका लागि सरकारले ६० प्रतिशत सवारी करमा छुट दिन्थ्यो । तर अहिले घटाएर ३३ प्रतिशत बनाएको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘यतिमात्रै नभएर वार्षिक करमा वृद्धि गरेको छ । त्यसैले यसको विरुद्धमा हामीले आन्दोलनको घोषणा गरेका हौं ।’

 

उनले ट्राफिक प्रहरीलाई ५ हजार सम्मको जरिवानका काट्न सक्ने व्यवस्था समेत यातायात व्यवसायीको हितमा नभएको उल्लेख गरे । ‘अहिले ट्राफिक प्रहरीलाई ५ हजार सम्मको जरिवाना काट्न सक्ने भनेर अधिकार दिएको छ, केसीले भने, ‘चालकले अलिकति गल्ती गर्दा र भनाभन गरेकै भरमा ५ हजार तिर्नुपर्ने अवस्था छ । त्यसैले यसको विरुद्धमा हामीले कदम चलाएका हौं ।’

उनले उक्त विषयमा गण्डकी प्रदेश सरकारसँग धेरैपटक छलफल गरेको बताउदै भने, ‘हामीले त्यो विषयमा गण्डकी प्रदेश सरकारसँग धेरैपटक वार्ता र छलफलसँगै ज्ञापनपत्र बुझाउने काम भयो । तर सवारी जरिवानालाई मात्रै केही संशोधन गरे जस्तो गर्याे । त्यसैले सरकारले २१ गते राती १२ बजेसम्म हाम्रो मागलाई सम्बोधन गरेन भने हाम्रा सवारी साधन घर ग्यारेजमा खडा गर्छाै । त्यति गर्दापनि भएन भने प्रदेशभर आम हड्तालको आह्वान गर्छाै र यतिले पनि भएन भने केन्द्रीय समितिसँग समन्वय गरेर देशभर आन्दोलनमा जान्छौं ।’

 

उनका अनुसार गण्डकी प्रदेशभर मालबहाक र यात्रुबहाक गरि करिब २० हजार सवारी साधन गण्डकी प्रदेशमा सञ्चालन हुदै आएको छ ।

 

गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन नगरेको खण्डमा सबै सवारी साधनहरु पार्किङमा राखिने महासंघ गण्डकी प्रदेशले जनाएको छ ।


 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्