पोखरामा चार जुवाडे १ लाख बढी नगदसहित पक्राउ
पाेखरा | फागुन २२, २०८१

पोखरा: पोखरा जुवा (सट्टेवाजी) खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित सार्वजनिक स्थानमा गोटी प्रयोग गरी जुवा खेलिरहेको अवस्थामा ४ जनालाई १ लाख ११ हजार रुपैयाँसहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा पर्सा विरगंज उपमहानगरपालिका घर भई पोखरा–९ बस्ने ४६ वर्षीय आविद अंसारी, सोही स्थान बस्ने ३३ वर्षीय मनोज राम हरिजन, पर्सा विरगंज उपमहानगरपालिका घर भई पोखरा–२५ हेमजा बस्ने ३० वर्षीय रामचन्द्र भण्डारी र बारा कलैया उपमहानगरपािलका घर भई पोखरा ९ बस्ने ३८ वर्षीय साजन साह छन् ।
प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ११ हजार, ५ थान मोबाईल र ग २० प १४९६ नम्बरको एकथान मोटरसाइकल समेत बरामद गरेको छ ।
प्रहरीले बरामद गरेको नगद, मोबाइल र मोटरसाइकल । फोटोः कास्की प्रहरी
पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...
काठमाडौं: नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...
पोखरा: गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...