प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत
काठमाडाैं | फागुन २१, २०८१
काठमाडौं: प्रतिनिधि सभाले पाँचवाटा अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारले जारी गरेको ६ मध्ये पाँच अध्यादेश स्वीकृत भएको हो ।
बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ,आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ स्वीकृति गरेको हो ।
प्रतिनिधि सभ बाट पारित अध्यादेश भोलि बस्ने राष्ट्रिय सभाको बैठकमा निर्णायार्थ पेश गरिने कार्य सूची रहेको छ ।
सरकारले ल्याएको अध्यादेशहरु संघीय सदनको अधिवेशन सुरु भएपछि ६० दिन भित्र सघीय स दुबै सदनबाट स्वीकृत गर्नुपर्ने संवैधानिक ब्यवस्था छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

