भुकम्पबाट भएको क्षतिको विवरण तत्काल उपलब्ध गराउन गृहमन्त्री खाँडको निर्देशन

खोटाङ | साउन १५, २०७९

भुकम्पबाट भएको क्षतिको विवरण तत्काल उपलब्ध गराउन गृहमन्त्री खाँडको निर्देशन

 

खोटाङ ।  गृहमन्त्री बालकृष्ण खाँडले खोटाङ केन्द्रविन्दु बनाएर आज विहान गएको भुकम्पबाट भएको क्षतिका सबै विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ  । खोटाङ लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री खाँडले यस्तो निर्देशन दिनुभएको हो ।

 

उत खोटाङको साकेला गाउँपालिका–५ केन्द्र बनाई आज बिहान ८ बजेर १३ मिनेटमा गएको भुकम्पबाट ठूलो क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ ।

 

६ म्याग्निच्युडको भुकम्पबाट केही घर चर्कनु बाहेक अन्य क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिनुभएको छ ।  भुकम्पको केन्द्रविन्दु मानिएको मार्तिमविर्तामा २ वटा घर, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा १ घर र महादेवस्थानमा १ घर चर्किएको छ ।

 

कुनै घर चर्केको र कुनै घरको टायल खसेको छ प्रजिअ सेढाईले भन्नुभयो ।

 

मानवीय तथा पशुचौपायको क्षति पनि भएको छैन । क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।

 

भुकम्पको क्षति संकलनका लागि सबै वडा समितिलाई परिचालित गरिएको र कार्यपालिकाका सम्पूर्ण अंगहरुलाई नागरिकको सहयोगका लागि परिचालित गरिएको राईले सुनाउनुभयो ।

 

यस्तै, हलेसी तुवाचुङ नगरपालिका लगायतका स्थानीय तहहरुले पनि क्षति बिवरण संकलन गरिरहेको जनाएका छन् ।

 

भुकम्प लगत्तै आइलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाइ छ ।

 

विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय  भइरहेको छ ।।

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्