तनहुुँमा निर्माण हुँदै नमूना पशु अस्पताल

तनहुँ | साउन १५, २०७९

तनहुुँमा निर्माण हुँदै नमूना पशु अस्पताल

 

नमूना पशु अस्पताल तीव्ररूपमा निर्माण भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणाधिन सो अस्पताल सञ्चालनमा आएपछि चार जिल्लाका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । 

 

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी सो अस्पताल इको बिल्र्डस प्रालि चितवनले निर्माणको जिम्मा पाएको छ । गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाख लागतमा भ्याटबाहेक उक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । आगामी पुसभित्र सम्पन्न गर्ने गरी थालिएको उक्त भवनको करिब ४० प्रतिशत काम पूरा भएको सहरी विकास तथा भवन निर्माण सङ्घीय तथा कार्यन्वयन एकाइ कास्कीका साइड इञ्जीनियर शिव सुनारले जानकारी दिनुभयो ।

 

साढे दुई तलाको ढलान निर्माण गरिने उक्त भवनको हालसम्म दोस्रो तलाको ढलान सम्पन्न गरिएको छ । करिब छ सय पाँच स्क्वायर मिटर क्षेत्रफलमा दुई ब्लकमा विभाजन गरी भवन निर्माण भइरहेको छ । बीचमा केही समय सामान अभावका कारण निर्माण रोकिए पनि अहिले रफ्तारमा काम भइरहेको इञ्जीनियर सुनारले बताउनुभयो । हाल भवन निर्माणमा दैनिक १५ जना जनशक्ति परिचालन गरिएको छ ।

 

भवनको भुइँ तलामा पशुपक्षीका एक्सरे, भिडियो एक्सरे, ल्याब, शव परीक्षणलगायत सेवाकक्ष र प्रविधिक जनशक्ति रहनेछन् भने पहिलो र दोस्रो तलामा प्रशासनिक कार्यालय, प्रयोगशाला, बैठक हल, तालिम हल रहने छ ।

 

पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले नमूना पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुने बताउनुभयो । इक्युपमेन्ट, औजार अभावमा पशुपक्षीको हचुवाका भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । नमूना पशु अस्पताल तनहुँका लागि मात्रै नभई आसपासका गोरखा, लमजुङ र नवलपरासीका किसानका लागि प्रत्यक्ष फाइदा पुग्ने उहाँले जानकारी दिनुभयो ।


 
बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको छ । नेपालको ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माणका लागि प्राथामिकतामा परेका हुन् । पशुधनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्रविन्दुमा राखिएको डा श्रेष्ठले बताउनुभयो ।

 

पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन वृद्धि गर्न सकिनेछ । “नदेखिने जुका, माटेजस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन्, हामीलाई थाहा हुँदैन”, उहाँले भन्नुभयो, “रोग पहिचान गरी समयमा औषधोपचार गर्न सकिए किसानको आम्दानीमा वृद्धि गर्न सकिनेछ ।” 

काठमाडौं:   सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।   सभामुख...

थप पढ्नुहोस्

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ ।  यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेल...

थप पढ्नुहोस्

काठमाडौं:   अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ...

थप पढ्नुहोस्