जनभावना अनुरुप काम गनुपर्छ : उपसभापति खड्का

पाेखरा | साउन १५, २०७९

जनभावना अनुरुप काम गनुपर्छ : उपसभापति खड्का

 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावना अनुरुप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

 

नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ  आयोजित कार्यक्रममा उहाँले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधिलाई इमान्दारिता र जिम्मेवारिताका साथ क्रियाशील बन्न उहाँले आग्रह गर्नुभयो ।

 

राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको बताउँदै उहाँले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको जनता तथा समाजप्रतिको जिम्मेवारी अहम् हुने बताउँदै जिम्मेवारीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

 

कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले कांग्रेसी कार्यकर्ताप्रति समाज तथा राष्ट्रले ठूलो अपेक्षा एवं विश्वास गर्ने बताउँदै त्यही भावनाका साथ समाजका हरेक गतिविधिमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई आगामी निर्वाचनमा अझै बलियो बनाउँदै लैजान सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभयो । कार्यक्रममा पार्टीका उपसभापति रामबाबु भण्डारी, सहसचिव नवीन सिग्देल लगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई अझै सशक्त बनाउने गरी लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्