रुखको हाँगाले लागेर एक जनाको मृत्यु

तनहुँ | माघ २७, २०८१

रुखको हाँगाले लागेर एक जनाको मृत्यु सांकेतिक तस्वीर

तनहुँ:   तनहुँको व्यास नगरपालिका–१० स्थित नयाँगाउँ निवासी ५१ वर्षीय हीराबहादुर थापाको रुखको हाँगा लागेर मृत्यु भएको छ । 


घर नजिकै दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर घाइते हुनुभएका थापाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको हो । 

    
मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।   

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्न...

थप पढ्नुहोस्

काठमाडौं:  हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका बुधबार अनुसार  दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुरकुहिरो मध्याह्नसम्ममा ...

थप पढ्नुहोस्

तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । ...

थप पढ्नुहोस्