नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

काठमाडाैं | माघ २६, २०८१

नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

काठमाडौं:    कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा त्यहाँका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतलाई भेटेर नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल गर्नुभएको छ ।  


ब्याङककस्थित नेपाली राजदूतावासका अनुसार शुक्रबार भएको भेटमा कम्बोडिया प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकामा सन्तुष्टि व्यक्त गर्दै व्यापार, लगानी र पर्यटन क्षेत्रमा द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।


राजदूत ओलीले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताका तर्फबाट कम्बोडियाका प्रधानमन्त्रीको व्यक्तिगत सुख,सुस्वास्थ्यका साथै कम्बोडियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 


त्यसअघि राजदूत ओलीले धर्म तथा संस्कृतिमन्त्री चाय बोरिन, विदेश सचिव युएन खेङ, परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालय,एसिया प्रशान्त विभागका महानिर्देशक छाय मकारालाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय सम्बन्ध र आपसी लाभका विभिन्न पक्षमा विचारविमर्श गर्नुभएको थियो । 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्