बिटी कपमा दोस्रो चरणका खेल सुरु, आज ८ खेल
पाेखरा | माघ २५, २०८१

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आजदेखि दोस्रो चरणका खेल सुरु भएका छन् ।
‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दोस्रो चरण अन्तरगतको ८ खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
उनका अनुसार शुक्रबार भएको खेलमा आकुरा एफसीले एन टु क्याफेलाई १–० गोल अन्तरले पराजित गर्याे । आकुराको जीतमा सौरभ पुनले निर्णायक गोल गरे ।
यस्तै अर्काे खेलमा बिग सिटीले ठमेल एकता समुहलाई ३–० गोल अन्तरले हरायो । बिग सिटीको जीतमा आयुष थापाले ह्याट्रिक गरे ।
तेस्रो खेलमा बिटी एलाई स्याङ्जा एफसीले पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले पराजित गर्याे ।
अर्काे खेलमा ए सेभेन ब्रदर्शलाई क्य्रास एफसीले ३–१ गोलले पराजित गर्याे ।
क्य्रासएफसीको जीतमा सुरज गुरुङले २ गोल र सञ्जय लामाले १ गोल गरे । भने, ए सेभेनका लागि प्रशान्त सुनारले १ गोल फर्काए ।
यस्तै पाँचौ खेलमा एलसी ब्रदर्शलाई लिभिक कन्स्ट्रक्सनले २–० गोल अन्तरले हरायो । लिभिकको जीतमा आश्मान थापा र अंकित थापाले समान १÷१ गोल गरे ।
छैटौं खेलमा रामघाटले सम्पदा अंकित स्पोर्टसलाई ३–० गोलले पराजित गर्याे । रामघाटको जीतमा आशिष गुरुङले २ र शिव सुवेदीले १ गोल गरे ।
सातौ खेलमा गोल्डेन नाइटलाई कमल पोखरीले १–० गोले हरायो । कमलपोखरीको जीतमा मन्दिप गुरुङले निर्णायक गोल गरे ।
आज भएको अन्तिम खेलमा स्मृति क्लबलाई लामा गाउँले ४–० गोल अन्तरले हयायो । लामागाउँको जीतमा लिलजंग गुरुङले २ गोल र विश्व थापा र अनुज भण्डारीले समान १/१ गोल गरे । शनिबार पनि दोस्रो चरणकै खेल हुने क्लबका सचिव रेशम सापकोटाले बताए ।
उनका अनुसार कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...