रोजगार मेलामा भेटिए मदन ‘छैनन् बुवा–आमा, छैन जागिर’

पाेखरा | साउन १४, २०७९

रोजगार मेलामा भेटिए मदन ‘छैनन् बुवा–आमा, छैन जागिर’

पोखरा: लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन, नेपाली साहित्यमा तहल्का मच्चाएको एउटा खण्डकाव्य । जहाँ मुनालाई छोडेर मदन ल्हासा गएको कथामा विवेचना गरिएको छ ।

 

अहिले पनि पैसा र पारिवारिक सुखका लागि कैौं मदनहरु विदेसिएका छन् । नेपाल सरकारको तथ्याङ्कले वार्षिक ६० लाख युवा मुग्लान पस्ने गरेको देखाउँछ । विदेसिने युवाहरुको संख्या भन्दा कम छैन, स्वदेशमै रोजगारीको खोजी कुद्नेहरु संख्या पनि ।

 

सरकारसँग बेरोजगारी युवाको ऐकिन तथ्याङ्क हुनुपर्छ । तर कति दक्ष जनशक्ति र बेरोजगार छन् भन्ने तथ्याङ्क गण्डकी प्रदेश सरकारसँग भने छैन । 

 

यद्यपि तथ्याङ्क संकलनमा थप टेवा पुग्ने उद्देश्यसहित गण्डकी प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले पोखरामा तीनदिने ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सम्पन्न ग¥यो । उक्त मेलामा कैयौं ​मदनहरु सहभागी थिए । तिनै मदनहरु मध्येका एक हुन् मदन नेपाली  । उमेरले भर्खरै एक बीस पार गरे । 

 

उमेरले कलिलै भएपनि जिम्मेवारीले थिचेको छ । पोखरा महानगरपालिका २३ का मदन उच्चशिक्षा सकेर जागिरको खोजीमा छन् । प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको  रोजगार मेलामा भेटिएका उनले, ‘मलाई प्लम्बिङ् आउँछ । मैले सीप विकास तालिम केन्द्रमा सिकेको हुँ, सुनगाभा न्यूजसँग बोल्दै भने, ‘तालिमपछि कहिलेकाही मामासँग काम गर्दै आएको छु ।’

 

‘म उमेरमा ८ वर्ष पुग्दै थिए अचानक बाबा विदेश जानुभयो तर बिदेश गएपछि कुनै खवर पाउन सकिएन नेपाल त फर्किनुभयो तर साथमा अर्कै बिहे गरेर फर्किए’ मदन भन्छन् । 

 

२१ वर्षीय मदनको जीवनमा अर्काे बज्रपात प¥यो जब आमालाई क्यान्सर भयो । ११ कक्षा पढ्दाताका भरतपुर क्यान्सर अस्पतालमा उपचारका दौरान  आमाको पनि मृत्यु भयो । त्यसयता उनका काँधमा परिवारकोसमेत जिम्मेवारी थपिएको छ । 

 

‘घरमा भाई, हजुरबुबाआमा, काका–काकी हुनुहुन्छ, भाईलाई पढाउने जिम्मेवारी सँगै विस्तारै परिवारको जिम्मेवारी आफ्नै काँधमा आउन थालेको छ’ उनले दुखेसो पोखे । सीप विकास केन्द्रमा प्लम्बरको तालिम लिए तालिमा प्रथम पनि भए तर जागिर पाउन नसकेको उनले सुनाए । तत्काललाई जुनसुकै काम भए पनि गर्न तयार रहेको मदन बताउँछन् । 

 

‘सपना हजारौ थिए, खोजी जागिरको हो’ उनले भने । भाईलाई पढाउने जिम्मेवारीसँगै आफुले पनि पोखरामा काम गर्दै स्नातक तहको अध्ययन गर्ने सपनाका साथ मन्त्रालयले सञ्चालनमा ल्याएको एपमा फर्म भर्न उनी रोजगार मेला पुगेका हुन् ।  

 

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनबाट जागिर खोज्न र कर्मचारी रोज्न एप सञ्चालनमा ल्याएको छ ।   

 

उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्न सक्छन् । सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको र यस एफले जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने अपेक्षा मन्त्रालयले गरेको छ ।  । 


 

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्

काठमाडौंः   जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ ।    पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हालै बसेको बैठकले विभिन्न पा...

थप पढ्नुहोस्