सार्क पत्रकार मञ्चको नेपाल शाखा विस्तार

काठमाडाैं | साउन १४, २०७९

सार्क पत्रकार मञ्चको नेपाल शाखा विस्तार

 

दक्षिण एशियाली मुलुकका पत्रकारको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को ३५ सदस्यीय नेपाल शाखा विस्तार भएको छ । मञ्चको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमानले आज विज्ञप्ति गरी समितिमा रहने सदस्यहरुको सूची सार्वजनिक गर्नुभएको हो ।

 

       
राष्ट्रिय समाचार समिति (रासस)का प्रकाश सिलवालको संयोजकत्वमा गठित समितिमा अनन्त सुवेदी, विजय दिमदोङ, चिरञ्जीवी अधिकारी, दिपक श्रेष्ठ, दीपेन्द्र प्रजापति, गोपाल सङ्ग्रौला, हेमराज ढकाल, इफ्रान बाबु, जीवन पराजुली, करण ताम्राकार, कौशल घिमिरे, कमल राना, कविता थापा, लक्की चौधरी, लव प्याकुरेल र माधवप्रसाद तिवारी रहनुभएको छ । 

 

यस्तै नृपेन्द्रलाल श्रेष्ठ, पुष्पा अधिकारी, प्रकाश पण्डित, रुद्रश्रीस मगर, रञ्जित तामाङ, रवीन्द्र काफ्ले, रत्नकाजी महर्जन, सुरेन्द्रभक्त श्रेष्ठ, सुनील महर्जन, सुनील आचार्य, सामना वियोगी, टेकेन्द्र बहादुर महत, उद्धवकुमार कार्की, उत्तम श्रेष्ठ र यमन दनुवार सदस्य रहनुभएको छ । समितिका सदस्यको पहिलो बैठकले आफ्नो कार्य योेजना र पदाधिकारी तय गर्नेछ ।

 

सार्क क्षेत्रमा व्यावसायिक पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेशागत हक, अधिकारका लागि सन् २०१९ मा भारतमा स्थापित सो मञ्चले अन्तर्राष्ट्रियस्तरमा पत्रकारिताको गुणस्तर र पहुँचलाई सुदृढ पार्नु पनि उद्देश्य रहेको छ । सङ्गठनको हालसम्म दक्षिण एशियाका मुलुकका शाखा विस्तार भइसकेको छ भने हाल यसको मुख्यालय नेपालमा रहेको छ ।


       
दक्षिण एशियामा व्यावसायिक पत्रकारिताको विकास र प्रववद्र्धन गर्न, पत्रकारको जीवनस्तर उठाउन, सार्क राष्ट्रहरुका पत्रकारबीच आपसी विश्वास, एकार्काको समस्यालाई बुझ्न र मूल्याङ्कन गर्न मञ्चले  भूमिका निर्वाह गर्नेछ । मञ्चलाई दक्षिण एशियाली सदस्य राष्ट्रको पत्रकारले क्षेत्रीय पत्रकार निकायका रूपमा मान्यता दिइएको छ । यस क्षेत्रमा पत्रकारिताको प्रवद्र्धन, विकास, विस्तार, नीतिगत सुधार र सार्क राष्ट्रमा पत्रकारिता क्षेत्रका साझा उद्देश्य हासिल गर्न मञ्चले काम गर्नेछ ।

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्