रामचन्द्रलाई नेपाल निजामती कर्मचारी संगठन कास्कीको नेतृत्व

पाेखरा | माघ १५, २०८१

रामचन्द्रलाई नेपाल निजामती कर्मचारी संगठन कास्कीको नेतृत्व

पोखरा:  पेशागत महासंघ नेपालसँग आबद्ध नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कास्कीको १३ औैं जिल्ला अधिवेशनबाट रामचन्द्र पहारी सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

 

अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष रामचन्द्र पहारीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे ।


संगठनको खुला उपाध्यक्ष हरिप्रसाद रेग्मी, महिला उपाध्यक्ष ऐश्वर्य आचार्य पोखरेल, सचिव शिवप्रसाद पौडेल, सहसचिव नेत्रनारायण सुवेदी र कोषाध्यक्ष केशव ढुंगाना चयन भए ।

 

यस्तै कार्यसमिति सदस्य खुलातर्फ बुद्धिप्रसाद अधिकारी, सूर्यप्रसाद पोखरेल, गगन भुषाल र राजेन्द्र लामिछाने चुनिए  ।

 

महिलातर्फ सरस्वती सापकोटा, नानु दाहाल सिग्देल, वसुन्धरा दवाडी र अस्मिता शर्मा छानिए ।

 

 

श्रेष्णी विहीनबाट कार्यसमितिको सदस्यमा माधव बराल सर्वसम्मत बने ।

 

जनजातिबाट रविचन्द्र श्रेष्ठ, युवाबाट विवश बास्तोला, प्रदेशबाट सन्तोष अधिकारी र स्थानीय तहबाट दमयन्ती पराजुली निर्विरोध भएका छन् । लेखा परीक्षण संयोजक मेघबहादुर बस्नेत, सदस्यमा विष्णु अधिकारी र यामप्रसाद पंगेनी सर्वसम्मत भए ।


अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा कमलबहादुर केसी, राजेन्द्रप्रसाद आचार्य, माधवप्रसाद पौडेल, कमलप्रसाद पनेरु, महिला प्रतिनिधिमा विष्णुदेवी पोखरेल र सहकारी प्रतिनिधिमा तिलकप्रसाद आचार्य चयन भए ।

 

प्रदेश प्रतिनिधिमा प्रविण भण्डारी, विष्णु पोखरेल पौडेल, जीवनकुमार तिवारी, गणेशबहादुर कार्की, विष्णुदेवी पोखरेल, नरेन्द्र रेग्मी, बेलकुमारी गुरुङ, महिला प्रतिनिधिमा सुशीला पोखरेल र सहकारी प्रतिनिधिमा गणेश कार्की निर्विरोध भएका छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्