स्याङ्जामा भेटिएको बम डिस्पोज
स्याङ्जा | माघ १०, २०८१
स्याङ्जा: स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ।
पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको हो।
खेतमा जेसिबी लगाउने क्रममा बुधबार सवा १० बजे बम फेला परेको थियो। श्री सिंह सारदुल गुल्मा आँधी खोला ब्यारेकबाट खटिएको सेनाको टोलीले बिहीबार उक्त बम डिस्पोज गरेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।
उक्त बम टुइच मोटरमा लाग्ने एचई बम रहेको प्रहरीले जनाएको छ। फलामको बोतलजस्तो खिने उक्त बम खेतमा कसरी आइपुग्यो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

