पोखरामा चौँथो लोक अलि मियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै

पाेखरा | माघ ९, २०८१

पोखरामा चौँथो लोक अलि मियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै

पोखरा:  पोखरा महानगरपालिका–१३ मा लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माघ १३ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।


समितिले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका अध्यक्ष अब्बास अलिमियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।


२०७८ सालमा तेस्रो संस्करणको प्रतियोगिता सम्पन्न गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिदैँ चौँथो संस्करण आयोजना गरिएको जनाएको छ ।


प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक नजिम अलीले जानकारी दिए । प्रतियोगितामा ४०–५० टिमको सहभागिता हुने अपेक्षा आयोजकको छ ।


पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने खेल संयोजक अलीले जानकारी दिए ।


तेस्रो संस्करणमा प्रथम पुरस्कार १ लाख २५ हजार र द्धितिय पुरस्कार ७५ हजार बाट बढाएर यस पटक पुरस्कार राशी बृद्धी गरिएको अध्यक्ष अलिमियाँले बताए ।


यस्तै विधागत तर्फ ५ विधामा खेलाडीलाई पुरस्कृत गरिने छ । वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् ।


प्रतियोगिताको पहिलो संस्करण २०७२ र दोस्रो संस्करण २०७४ सालमा भएको थियो । स्थानीय खेलाडीलाई प्रोत्साहन र फुटबलको विकास गर्ने उदेश्यसहित समाजले प्रतियोगिता संचालन गदैँ आएको छ ।


प्रतियोगिता सम्पन्न गर्न ८ लाख ८० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । समितिले टिम दर्ताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । 

पोखरा:   नेपाल हिमालय र पदयात्राका लागि मात्र नभई, योग, ध्यान तथा पूर्वीय दर्शनका अभ्यासहरूबाट मानसिक शान्ति खोज्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत एक प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको एक अध्ययनले देखाएको छ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ ।  रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको ...

थप पढ्नुहोस्

पोखरा:  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्ट...

थप पढ्नुहोस्