बगर भाइखलकको च्यारिटीः उठ्यो ७ लाख ३१ हजार

पाेखरा | माघ ९, २०८१

बगर भाइखलकको च्यारिटीः उठ्यो ७ लाख ३१ हजार

पोखरा:   आगामी १५ गतेदेखि २१ गतेसम्म पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा हुने १४ औं संस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको सन्दर्भमा बगर भाइखलकले चौंथो च्यारिटी डिनर आयोजना गरेको छ ।


उक्त कार्यक्रमबाट कुल ७ लाख ३१ हजार संकलन भएको च्यारिटी डिनकार संयोजक याम गुरुङले जानकारी दिए ।


उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि थप रकम जुटाउने र आपसी भाइचाराको सम्बन्धलाई ताजा बनाउने च्यारिटी डिनर आयोजना गरिएको हो ।


उक्त कार्यक्रममा लेकाली व्याण्ड, ओपन सि व्याण्ड, गायीका प्रिया गुरुङ र उषा गुरुङ, प्रकाश राना लगायतले सांगीतिक प्रस्तुती राखेका थिए ।


अन्तरराष्ट्रिय भेट्रान्स फुटबलमा ४०, ५० र ६० प्लस उमेर समूहको प्रतिस्पर्धा 


भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले  प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिए ।


उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ ।


४० वर्षतर्फको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछ । यस्तै ५० वर्षतर्फ विजेताले नगद रु १ लाख र उपविजेताले नगद रु ५० हजार हात पर्नेछ । भने, ६० वर्षतर्फ विजेताले नगद रु ५० हजार र उपविजेताले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

ढोरपाटन:    ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो ।  भीर...

थप पढ्नुहोस्

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा...

थप पढ्नुहोस्

सप्तरी:  मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गएराति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।  राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय...

थप पढ्नुहोस्