कास्कीका आगलागी पीडितलाई आर्थिक सहयोग

पाेखरा | साउन १३, २०७९

कास्कीका आगलागी पीडितलाई आर्थिक सहयोग

 

माइला कान्छा अभियानमार्फत सामाजिक सेवामा जुटिरहनु भएका माया गुरुङ र पार्वती गुरुङले सांस्कृतिक कार्यक्रममा चना चटपट र सेलरोटी बचेर कमाएको रकम कास्कीका आगलागी पीडितलाई सहयोग गरेका छन् ।  मानवीय सेवालाई भूगोलले नछेक्ने जनाउँदै समस्यामा परेका नेपालीलाई अभियानमार्फत उहाँहरुले सहयोग गर्दै आउनुभएको छ । 

 

केही समय पहिले कास्कीको माछापुच्छ्रे« गाउँपालिका–८ कोलेली निवासी शोभाखर काफ्ले र लुम्रै निवासी गोलमान गुरुङको घरमा ग्यासको सिलिण्डर पड्केर आगालागीबाट क्षति भएको भन्ने खबर थाहा पाएपछि सहयोगमा जुटेको अभियन्ता माया गुरुङले  जानकारी दिनुभयो । 

 

उहाँले भन्नुभयो, “ हामीले गाउँमा ग्यास पड्केको र क्षति भएको भन्ने थाहा पायौँ , अनि  मे २८ तारिखमा मगर सङ्घ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टमा अभियानका पार्वती गुरुङ साथै परोपकारी मनका धनी कविता गुरुङ र लता चेम्जो गुरुङको विशेष सक्रियतामा नेपाली चिया, चटपट, काँक्रो, खरबुजा, सेलरोटी बेचेर केही आर्थिक रकम सङ्कलन गरेका हौँ ।” उहाँले सङ्कलित रकममा केही थपथाप गरेर पीडित दुई परिवारलाई रु ५० हजारका दरले रु एक लाख रकम नेपाल पठाएको जानकारी दिनुभयो । 

 

विदेशबाट प्राप्त  उक्त रकम  गाउँका स्थानीय युवा शङ्करमान गुरुङ र मिर्मिरे आमा समूहका अध्यक्ष राजकुमारी गुरुङको समन्वयमा माछापुच्छ्र«े गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रामबहादुर गुरुङले पीडितद्वय शोभाखर काफ्ले र गोलमान गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात् गरी सहयोग रकम जुटाएकामा धन्यवाद व्यक्त गर्नुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्थानीय गगनसिंह गुरुङले कठिन अवस्थामा एकअर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राख्नुभयो । 

 

अर्का स्थानीय युवा सन्तोष गुरुङले कोभिड–१९ देखि नै माइला कान्छा अभियानको सामाजिक सेवाप्रतिको कार्य निकै सह्रानीय र प्रशंसनीय भएको बताउनुभयो । अभियानले कोभिड–१९ को समयमा कास्कीको पोखरालगायत आसपासका थुप्रै बस्तीमा पुगेर राहतसँगै औषधि उपचारमा समस्या भएकाहरुलाई सहयोग रकम उपलब्ध गराएको अभियानका अर्का अभियन्ता पार्वती गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानवीय सेवा नै धर्म हो भन्ने सोचेर हामी अभियानमा सक्रिय छौँ, सहयोगी मन थुप्रै भएको र आफूहरु माध्यम मात्र भएकाले यसको सहयोगी मनलाई दिन चाहान्छौँ ।” 

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्