सुनचाँदीको मूल्य बढ्यो

काठमाडाैं | माघ ८, २०८१

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं:    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ ।


सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ६० मा खरिदबिक्री भएकामा आज रु एक हजार आठ सय ७५ मा किनबेच भइरहेको छ ।


अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर दुई हजार सात सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्