पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच शिष्टाचार भेतवार्ता
पाेखरा | साउन १३, २०७९
पोखरा: नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताउनुभयो ।
सन १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन् । उनले नेपालको अन्नपुर्ण हिमाल समेत सफलतापुर्वक अरोहण गरिसकेकी थिइन । पछिल्लो पटक सन १९९२ मा कन्चनजंगा हिमाल आरोहण गर्ने क्रममा उनि हराउन पुगिन् । रुटकिविजलाई पोल्याण्डको सरकारले आउट स्टान्डिङ् पोलिसी विमनको रुपमा घोषणा गरेको छ । रुटकिविज हराएको ३० वर्षपछि आगामी अक्टुवर महिनामा पोखरामा उनको स्मृति कार्यक्रम गर्ने तयारी गरिएको राजदुत बुराकोव्स्कीले बताउनुभयो । अन्नपुर्ण हिमाल समेत आरोहण गरेकी शाहसी महिला रुटकिविजको सम्झानामा आयोजना गरिने सो कार्यक्रम पोखरामा गर्न आफुले सहमति दिएको महानगरका प्रमुख आचार्यले बताउनुभयो ।
साथै उहाँहरु बिच पोखराको पर्यटन प्रवद्र्धनका विषयमा समेत छलफल भएको छ । वर्षेनी पोल्याण्डका धेरै पर्यटकहरु पोखरामा आउने गरेपनि राजदुत बुराकोव्स्कीको भने पोखरा भ्रमण पहिलो हो । राजदुत बुराकोव्स्कीले पोखरा आफुलाई निकै मनमोहक लागेको प्रतिक्रिया दिनुभएको छ । पोखराको पर्यटन प्रवद्र्धनमा थप समन्वय गर्ने राजदुत बुराकोव्स्कीको भनाई छ । यस्तो प्रकारको शिष्टाचार भेतवार्ताले अनुभव आदानप्रदानका साथै विकास र प्रवद्र्धनमा नयाँ आयामहरु थप्न सघाउ पुग्ने प्रमुख आचार्यको विश्वास छ ।
पोखरामा सम्पन्न भेतवार्तामा नेपालका लागि गणतन्त्र पोल्याण्डका अवैतनिक महावाणिज्यदुत लोकमान्य गोल्छाको सहभागीता रहेको थियो ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

