आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया

काठमाडाैं | माघ ७, २०८१

आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया

काठमाडौं:    नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार “बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीसूचक संस्थाहरूका लागि निर्देशन”को व्यावहारिक कार्यान्वयन र परिपालना सुनिश्चित गर्न आभूषण व्यवसायीहरू र नियामक निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 


महासंघले शुभारम्भ गरेको “स्वच्छ व्यवसाय, सम्मानित व्यवसायी” राष्ट्रिय अभियान अन्तर्गत आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका नायव सुब्बा प्रकाश सापकोटाले व्यवसायीहरूलाई सम्पत्ति शुद्धीकरण रोकथामसम्बन्धी कानूनी दायित्व, पारदर्शिता कायम राख्ने उपाय, प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रिया, तथा व्यवसायमा इमानदारिता र निष्ठा कायम राख्ने विषयमा अभिमुखीकरण गराए । 


त्यसैगरी, विशेष अतिथिका रूपमा उपस्थित सोही विभागका निर्देशक श्री जनार्दन आचार्यले सशक्त व्यवसायिक अभ्यासले मात्र व्यवसायको दीर्घकालीन विकास सुनिश्चित हुनेमा जोड दिए । 


कार्यक्रमको उद्देश्य व्यवसायीहरूलाई कानूनी दायित्व पालनामा अभिप्रेरित गर्नु, नियामक निकाय र व्यवसायीहरूबीच सहकार्यलाई बलियो बनाउनु, र व्यवसायमा इमानदारी, पारदर्शिता, तथा निष्ठालाई प्रवर्द्धन गर्नु रहेको थियो।


उक्त कार्यक्रममा करिब १२० जना व्यवसायीहरुको (भौतिक र अनलाइन, जुम माध्यमबाट) सक्रिय सहभागिता रहेको थियो ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्