आज सकिदैं पोखरा महोत्सव

पाेखरा | माघ ७, २०८१

आज सकिदैं पोखरा महोत्सव

पोखरा:   पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सव आज सकिदैंछ । 

 

गत महिनाको २५ गतेदेखि जारी महोत्सवको समापन आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन् ।

 

क्लबका महासचिव दिनेश सुनारका अनुसार आज लोकदोहोरीतर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहनेछ ।

 

यस्तै लाइभ कन्सर्टतर्फ जेम्सीको प्रस्तुती रहनेछ । 

 

महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिताकोसमेत आज नै फाइनल प्रतिस्पर्धा हुनेछ  ।

 

फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, विभुती र सरस्वती विद्या सदन लामाचौरबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । 

पोखरा:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।   आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...

थप पढ्नुहोस्

पोखरा:  धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ ।   हेमजाको फुर्केट...

थप पढ्नुहोस्

काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ।  अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

थप पढ्नुहोस्