आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ: अभिनेत्री रीमा विश्वकर्मा

पाेखरा | माघ ५, २०८१

आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ: अभिनेत्री रीमा विश्वकर्मा

पोखरा:   मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ । शनिबार अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरिन् ।


सन् २०२१ बाट सुरु भएको कुमारी ब्युटीले ४० प्रकारका प्राकृतिक तथा हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रडक्टहरु उत्पादन गरेको सञ्चालक भट्टराईले बताइन् । ‘हामीसँग बाथबम्ब्स्, कस्मेटिक्स, साबुन, मैनबत्ती लगायत सौन्दर्यसम्बन्धी सामाग्रीहरु छन्, यो प्राकृतिक, हस्तनिर्मित र छालामैत्री पनि छ,’ भट्टराईले भनिन् ।


कार्यक्रममा अभिनेत्री रीमा कुमारी ब्युटीकै मेकअपमा सजिएर आएकी थिइन् । संचारकर्मीसँग कुराकानीका क्रममा उनले सुरुमै ठट्यौली शैलीमा सोधेकी थिइन्, ‘म कस्ती देखिएकी छु ?’ सौन्दर्यसम्बन्धी प्रडक्ट प्रयोग गर्दा त्यसबारे ज्ञान हुन एकदमै जरुरी रहने उनको भनाई थियो । ‘म प्राकृतिक पदार्थ भएको प्रडक्ट प्रयोग गर्न रुचाउँछु,’ उनले भनिन्, ‘कुमारी ब्यूटीको प्रडक्टमा मैले त्यो पाएँ । जहिल्यै पनि नयाँ प्रडक्ट प्रयोग गर्दा एलर्जी आउने या छालामा समस्या देखाउने हो कि भन्ने डर हुन्छ तर यसमा त्यस्तो भएन । मेरो स्कीनलाई यो उपयुक्त रहेछ । ’


मान्छेको सौन्दर्य कहिल्यै पनि उसको नियन्त्रणमा नहुने रीमाको तर्क थियो । ‘सौन्दर्य भन्ने चिज जति नै प्रयत्न गरेपनि यो हाम्रो नियन्त्रणमा रहिरहँदैन,’ उनले भनिन्, ‘तर, आफूलाई कसरी सुन्दर महसुस गराउने भन्ने प्रक्रियामा हामी केन्द्रित हुनचाँही सक्छौं ।

 

त्यसका लागि आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना हुन एकदमै जरुरी हुन्छ । कुमारी ब्युटीको प्रडक्ट उत्पादन गर्दा शोभाजीले आफ्नो बुद्धिमता र मन दुवै लगाउनुभएको रहेछ । आफूले के प्रयोग गरिरहेको छु भन्ने कुराको ज्ञान राख्न रुचाउने मान्छेहरुलाई कुमारी ब्युटीको प्रडक्ट मनपर्न सक्छ । ’क्यानाडामा उत्पादन हुने कुमारी ब्युटीका प्रडक्टहरुले पोखराका बाराही चोकमा स्टोर खोलेर देशभरी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्