टाइगर कप भलिबलको तयारी: गण्डकीका लागि ३ विदेशी खेलाडी अनुबन्धित

पाेखरा | माघ २, २०८१

टाइगर कप भलिबलको तयारी: गण्डकीका लागि ३ विदेशी खेलाडी अनुबन्धित

पोखरा:  माघ दोस्रो सातादेखि शुरु हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

 

फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो ।

 

गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।
 

अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताए । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो । यसपटक भने, गण्डकीले महिला टोलीलाई सहभागी बनाएको छैन।

 

पाँचौं टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ६-६ टोलीले सहभागिता जनाउँदै छन् ।

 

माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने चल्ने प्रतियोगिताको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

 

टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा हुन लागेको प्रतियोगिताको उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा:    कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे सक्रान्ती मेलामा भएको ठेलो प्रतियोगितामा निरज गुरुङले उपाधि जितेका छन् ।    यो उपाधिसँगै उनी २०६५ सालयता ८ पटक विजयी बनिसकेका...

थप पढ्नुहोस्

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।   प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त सम...

थप पढ्नुहोस्

काठमाडौँ:   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताएका छन्&n...

थप पढ्नुहोस्