देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ: महासचिव पोखरेल

काठमाडाैं | पुस २८, २०८१

देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ: महासचिव पोखरेल तस्बिर फाइल

दाङ:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुन जरूरी रहेको बताउनुभएको छ । 

    
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी दाङको आयोजनामा आज घोराहीमा भएको ‘नेपालको संविधान २०७२ दलित अधिकार तथा प्रभावकारी कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले त्यसकाल लागि दलित समुदाय आर्थिक, सामाजिक रुपमा सशक्तीकरण र आम रूपमा समाजिक जागरणको आवश्यकता रहेको बताउनुभयो । 


महासचिव पोखरेलले धार्मिक, सामाजिक र सांस्कृतिक परम्पराले सिर्जना गरेको सङ्कीर्ण सोचका कारण समाजमा उचनिजको व्यवहार हुने गरेको भन्दै यसलाई भत्काउन जरूरी रहेको बताउनुभयो । 


उहाँले धर्मका नाममा हुने विभेदलाई चिर्नका लागि समाजिक आन्दोलन चाहिने जिकिर गर्नुभयो । “संविधानमा लेखेर मात्रै यो समस्या समाधान हुँदैन । छुवाछूतजन्य व्यवहारमै परिवर्तन गर्न लाग्नुपर्छ”,महासचिव पोखरेलले भन्नुभयो,“गलत संस्कृतिहरुलाई  सामजिक आन्दोनका माध्यमबाट बदल्नुपर्छ । त्यसका लागि सबै लागौँ ।”


दलित समुदायका पुख्र्यौली पेसालाई आधुनिकीकरण गर्दै आर्थिक सशक्तीकरण गर्न सकेमा सामाजिक अवस्था सुधारमा योगदान पुग्ने उहाँको भनाइ थियो । 


“दलित समुदायले परम्परादेखि गर्दै आएको पेसामा नयाँ सोच र प्रविधिको उपयोग गर्दै रुपान्तरण गर्नुपर्छ । पेसाप्रति घृणा होइन गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ । आर्थिक रूप सबल र आत्मनिर्भर हुनसकेमा धेरै हदसम्म विगतको विकृत सोचमा परिवर्तन ल्याउँछ किनकि पछिल्लो समय आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई सम्मान गर्ने परिपाटी विकास हुँदैगएको छ”, महासचिव पोखरेलले भन्नुभयो । 


मुक्ति समाज जिल्ला कमिटी दाङका अध्यक्ष शङ्कर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष नन्दलाल विश्वकर्मा, केन्द्रीय सदस्य भागवत विश्वकर्मा, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपाली, नेकपा ९एमाले० दाङका उपाध्यक्ष मनोहर बुढाथोकीलगायतले सम्बोधन गर्नुभएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्