पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान
कास्की | साउन १२, २०७९
पोखरा: पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई सो गाडी हस्तान्तरण गर्नुभएको हो ।
सो क्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानिय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडिको सदुपयोगतामा जोड दिनुभयो ।
स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) का अध्यक्ष हेम गुरुङले अति र पुर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको उक्त गाडिलाई पुर्ण
सहदुपयोग गर्ने बताउनुभयो । उहाँका अनुसार गाडिको पछाडी पट्टी लिफ्ट समेत जडान गरि अति र पुर्ण अपाङ्गता भएका व्यक्तिको पहुँच विस्तार गरिने छ । महानगरपालिकाले १८ सिट क्षमताको एउटा विङ्गर गाडी हस्तान्तरण गरेको हो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

