पोखरा महोत्सव जारी: युनाइटेड छात्राबासका लागि ५१ हजार सहयोग
शनिबार 'टुकी'को तहल्का
पाेखरा | पुस २६, २०८१
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमार्फत लेखनाथस्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ ।
पोखरा १६ अर्मलाकोट पुरानो घर भई हाल पोखरा १२ अन्नपूर्णटोल बस्ने स्वर्गीय छोेरा देव गुरुङको स्मृतिमा बाबा कमलबहादुर गुरुङ आमा रनसुबा गुरुङले युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड छात्राबास निर्माण
सहयोगार्थ ५१ हजार पोखरा महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लबले पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबास निर्माण गर्दैछ ।
उक्त कार्यको महोत्सव अगाडी शिलान्यास भइसकेको र १३ औं पोखरा महोत्सव संमापनसँगै निर्माण कार्यलाई अगाडी बढाइने युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए ।
युनाइटेड छात्राबासको निर्माणका लागि जो कोही पनि सहयोगमार्फत जोडिन सक्ने बताए ।
यसैबीच महोत्सवको दोश्रो दिन दर्शकको उल्लेख्य उपस्थिती रहेको थापाले बताए ।
उनका अनुसार महोत्सवमा उपस्थित दर्शकहरुलाई लोक तथा दोहोरी गायक राजु परियारले आफ्नो प्रस्तुती दिए । परियारले आफ्नो एकल गीत र दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।
शुक्रबार महोत्सवमा राजु परियारसंगै चालेन्द्र पौडेल, तुलसा क्षेत्री, मन्जु बिक, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमेश थापा मगर, हास्यब्यंग्यतर्फ बलराम गिरी सरकारको प्रस्तुतीमार्फत दर्शकहरुले मनोरन्जन लिए ।
शनिबार टुकीको बेजोड प्रस्तुती
महोत्सवको तेश्रो दिन शनिवार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी नवु, सनम तामाङ लगायतको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार लाइभ ब्याण्ड तर्फ शनिबार टुकी र स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सवमा राखिएको आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको सेवा कक्षबाट आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखरा ११ रानीपौवा बाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एकजनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ ।
महोत्सवको दोश्रो दिन पोखरा ७ का बावुराम पौडेलले उक्त सेवामा निशुल्क सुविधा र पोखरा ८ का अर्जुन बहादुर गुरुङले उक्त सेवा ५० प्रतिशत छुट पाउने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन् ।
महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरुमध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन् ।
भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिनेछ ।
त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन् ।
महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ ।
महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ ।
फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन् । महोत्सवको टिकट रेभल एपमार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्नेछन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभएको छ । कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रम...
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनित गरेका छन् । कांग्रेसले गठन गरेका ५६ विभाग मध्येमा ३७ विभागका सचिव तोकिएका हुन् । ...
पोखरा: पोखरामा पार्किङ गरी राखेको स्कुटर चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ लखनचोक (पृथ्वीचोक)मा पुष ९ गते पार्किङ गरि राखेको २ वटा स्कुटर चो...