नागरिकता विधेयक खारेजीको माग, हस्ताक्षर संकलन गर्दै अनेरास्ववियुको विरोध
पाेखरा | साउन १२, २०७९
पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले नागरिकता विधेयक खारेजीको माग गर्दै क्याम्पसको प्रवेशद्वारमा हस्ताक्षर संकलन गरेको छ ।
प्रतिनिधि सभाले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेपछि अनेरास्ववियुले क्याम्पस प्रवेशद्वारमा विरोध जनाउदैँ आज (बिहिबार) हस्ताक्षर संकलन गरेको हो ।
विधेयकमा उल्लेखित बाबुआमा नभेटिएको नाबालकले वंशजको नागरिकता पाउने, बिहे लगत्तै नागरिकता दिइने, महिला र पुरुषका लागि फरक प्रावधान जस्ता विवादित तर संवेदनशील विषयमा पुनविचार गनुपर्ने अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलले बताए । उनले भने,‘यो सरासर राष्ट्रघाती विधेयक हो, यसलाई तुरुन्त खारेज गरिनुपर्छ ।’
नेपाल नागरिकता ऐन २०६३ को दफा ३ संसोधन गरेर संसदबाट पारीत गरेको नागरिकता विधेयक अनुसार नेपालका नागरिकसँग विवाह गरि स्वदेशमै बस्दै आएका अन्य देशका नागरिकहरुले सजिलैसँग नागरिकता प्राप्त गर्ने प्रावधान रहेको छ ।
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले संकलन गरेको हस्ताक्षर अभियानमा क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा नागरिकहरु गरि चार सय बढीले हस्ताक्षर गरेका थिए ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

