दलीय उम्मेदवारले आफैँलाई मत हालेनन्

काठमाडाैं | साउन १२, २०७९

दलीय उम्मेदवारले आफैँलाई मत हालेनन्

 

काठमाडौँ  :  बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ ।

 

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणाम बमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले एक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकोमा उम्मेदवार आफैँले समेत मत नहालेको पाइएको छ । उक्त दलले प्रमुख पदमा कुनै मत पाएको छैन । अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएकामा दुवैले आठ मत ल्याएका छन् । 

 

आयोगका अनुसार सात दलले मात्रै देशभरि एक प्रतिशतभन्दा बढी मत ल्याएका छन् । राष्ट्रिय मान्यता प्राप्त गरेको नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी,  नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै प्रमुख पदमा एक प्रतिशतभन्दा बढी मत पाएको छ । 

 

निर्वाचन आयोगका अनुसार चुनावमा ७९ दलले उम्मेदवारी दर्ता गराएका थिए । १८ दलले मात्रै पालिकाको प्रमुख वा अध्यक्ष पद जितेका छन् तर स्थानीय तहमा स्वतन्त्रसहित २९ दलको प्रतिनिधित्व भएको छ । 

 

१४ वटा राजनीतिक दलका उम्मेदवारले त एक सय मतसमेत ल्याउन सकेनन् । नेपाल परिवार दलले छ पालिकाका प्रमुख र तीन पालिकाका अध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । उक्त दलका छ जना प्रमुख पदका उम्मेदवारले कुल ६९ मत पाएका छन् । तीन अध्यक्ष पदका उम्मेदवारले २९ मत पाएका छन् । आयोगका अनुसार १४ राजनीतिक दलका २२ जना प्रमुख पदका उम्मेदवारले जम्मा ३५१ मत पाएका छन् ।

 

आठ दलका ११ जना अध्यक्ष पदका उम्मेदवारले ११५ मत ल्याएका छन् । नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले एक पालिकाको प्रमुखमा उम्मेदवारी दिएकोमा ती उम्मेदवारले पाँच मत मात्रै पाएका छन् । देशभक्त समाजका एक–एक जना प्रमुख र अध्यक्ष पदका उम्मेदवारले जम्मा पाँच मत पाएका छन् ।  देशभरि प्रमुख पदमा ६४ दलले उम्मेदवारी दिएका थिए । प्रमुख पदमा कुल ६७ लाख ९२ हजार ७६९ मत सदर भएको छ । अध्यक्ष पदमा ४४ लाख ४४ हजार ९२ मत सदर भएको छ । अध्यक्ष र प्रमुख पदमा कुल एक करोड १२ लाख ३६ हजार ८६१ मत सदर भएको छ ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्