वडामा २५ करोड बजेट पारेपछि आलोचित मन्त्री खड्का भन्छन् – ‘मेरो वडा नगरपालिकाजत्रै छ’

पाेखरा | साउन ११, २०७९

वडामा २५ करोड बजेट पारेपछि आलोचित मन्त्री खड्का भन्छन् – ‘मेरो वडा नगरपालिकाजत्रै छ’

पोखरा महानगरपालिका वडा नम्बर १६ हालका प्रदेश मन्त्री कुमार खड्काको स्थायी ठेगाना हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवस्थामन्त्री समेत हुन् । 

 

आर्थिक वर्ष ०७९–८० को बजेटमा आफ्नो वडामा २५ करोड रुपैयाँ विनियोजन गरेपछि मन्त्री खड्काको आलोचना भएको छ । उनलाई कतिपयले ‘वडामन्त्री’ समेत भएका छन् । 

 

प्रदेशसभामा बजेटसम्बन्धी छलफलदेखि नै आलोचना खेप्दै आएका खड्काले आज स्थानीय एफएम रेडियो अन्नपूर्णसँग साक्षात्कार गर्दै सफाइ दिएका छन् । 

 

मन्त्री खड्काले भनेका छन् ‘मेरोे वडा सिंगो नगरपालिकाजत्रै छ ।’ छुट्याइएको बजेट धेरै देखिएपनि यसअघिका योजनालाई निरन्तरता दिँदा र सांसद विकास कोषबाट प्राप्त रकम हिसाब गर्दा आकारमा ठूलो देखिएको उनको भनाई छ । 

 

‘पाइपलाइनमा भएका योजना रोक्ने कुरा भएन, त्यसलाई बजेट दिनैप¥यो’ मन्त्री खड्काले भने ‘मेरो वडा धेरै ठूलो छ, जनसंख्या धेरै छ, आयोजना धेरै छन् ।’ उक्त निर्वाचन क्षेत्रको एक तिहाई जनसंख्या वड १६ मा रहेको उनको दाबी छ । 

 

मन्त्री खड्काले भनेका छन्, ‘मेरो वडावासीले पीच सडक हेर्न केआइ सिंह पुल आइपुग्नुपर्छ ।’ आफ्नो वडाको अवस्था हेर्दा खर्बाै रुपैयाँ विनियोजन गरेपनि कम हुने उनले उल्लेख गरे । 

 

आ​फुमाथि मिडियाले अनेकन् लाञ्छना लगाएको भन्दै उनले 'जंगबहादुरको पालादेखि हिसाब गरेर आलोचना गरेपनि हुने' प्रतिक्रिया दिए । 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्