छोम्रोङमा ११ गतेदेखि ‘सेन्चुरी ल्होसार मेला’
कास्की | पुस ९, २०८१
कास्की: अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ ।
तमु समुदायको महान् पर्व ल्होसार÷ल्होछारको अवसरमा यही पौष ११ गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका वरिष्ठ सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए ।
उनले संस्कृतिको संरक्षण, खेल तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए ।
‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको ११ गतेदेखि मेला राखेका छौ । यसले खेलकुदको विकाससँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं ।’
उनका अनुसार सो मेलामा मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता समावेश गरिएको छ ।
उनले पुरुष भलिबल तथा बास्केटबल दुवौ प्रतियोगिताको विजेता टिमलाई ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।
उनका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमश: ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दुवै खेलमा टिम सहभागिता जनाउन दर्ता शुल्क ५ हजार निर्धारण गरिएको छ ।
मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।

पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...
पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

