घान्द्रुक स्कारपियो दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो
पाेखरा | पुस ४, २०८१
घाइतेको उद्धार गर्दै । फोटो अमृत गुरुङ
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा मृत्यु भएका एक महिला र घाइते भएका ४ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते र एक जनाको मृत्यु भएको हो ।
स्कारपियो दुर्घटना हुँदा मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे बस्ने ७० वर्षीय भिमकुमारी थकालीको घटनास्थलमै मृत्यु भएको स्थानीयले पुष्टि गरेका छन् ।
पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा हुँदा ५ जना घाइते र एकजनाको मत्यु भएको थियो ।
घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत उद्धार गरेर मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए ।
‘घान्द्रुकको बतासे डाँडामा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पतालम ल्याइएको छ’, सूचना अधिकारी पाठकले भने, ‘ घाइतेहरुको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।’
कास्की प्रहरीका अनुसार स्कारपियो दुर्घटना हुँदा पोखरा महानगरपालिका–१६ दिप बस्ने २० वर्षीय रिहाना थकाली, मुस्ताङको थासाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय ज्योति खत्री थकाली घाइते भएका हुन् ।
सोही स्कारपियोमा सवार बागलुङको गलकोट नगरपालिका १ झाँक्रीस्थान बस्ने ७६वर्षीय खिमकुमारी खत्री, अन्दाजी ५० वर्षीय नविना खत्री घाइते भएकी छिन् । घाइते चारै जनाको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
यस्तै बागलुङको गलकोट नगरपालिका–१ झाक्रीस्थान बस्ने ४० वर्षीय अनिता खत्री सकुशल रहेको प्रहरीले जनाएको छ ।
सवारी चालक स्याङ्जाको भिरकोट नगरपालिका २ डाँडाकोट बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्कारपियो चालकले गाडी रोकेर बाटो हेर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी सडकबाट अन्दाजी ६सय मिटर तल खसेको छ ।
यो पनि पढ्नुहोस
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आर...
उदयपुर: सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...



