मादीका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’को सहयोग
कास्की | पुस ३, २०८१
पोखरा: मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ ।
गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका ७ को बाल पदम र मादी ६ को शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर सहयोग गरेको हो ।
उक्त समाग्री विद्यालय व्यस्थापन समितिका अध्यक्ष बोधराज बराल र प्रध्यानाध्यापक कलाधर सापकोटा र पदम सापकोटालाई द ट्रान्सिट रिसोर्टका सञ्चालक नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले सँयुक्त रुपमा हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै विद्यालय परिवारले आभार प्रकट गर्दै आगामी दिनमासमेत समाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
मादी गाउँपालिका ३ ज्याम्दु (तानतिङ जाने रुट) मा नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले ‘द ट्रान्जिट रिसोर्ट’ सञ्चालन गर्दै आएका छन् । उक्त रिसोर्ट क्याम्पिङका लागि लोकप्रिय छ ।

व्यवसायीक लाभसँगै सामाजिक कार्य गर्ने उद्देश्यसहित ‘द ट्रान्सिट फायर एण्ड क्याम्प’ को सञ्चालक टिमले सहयोगको अभियान चलाएको युवा व्यवसायी नर गुरुङ बताए ।
‘हामीले व्यावसायीक लाभ मात्रै होइन । समाजिक क्रियाकलापमा पनि प्रत्यक्ष सहयोग र योगदान पुर्याउने भनेर नै यो अभियान चलाएका हौं ।’ गुरुङले भने ।
उनका अनुसार पहिलो चरणमा मादी गाउँपालिका ७ को श्री बाल पदम र मादी ६ को श्री शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर प्रदान गरिएको हो ।
अब अर्काे चरणमा बाँकी अन्य विद्यालयमा सहयोग गने योजना रहेको उनले बताए ।


पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

