सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

पाेखरा | पुस २, २०८१

सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

पोखरा: पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    
साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारी उद्घाटन गर्नुभएको थियो ।
    

सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै उहाँले केही सहकारीमा समस्या भएपनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीहरूमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको उल्लेख गर्नुभयो ।
    

समुदायमा आधारित सहकारीमा तरलता बढी भएकोले सोतर्फ पनि सचेत रहन उहाँले सुझाव दिनुभयो । 
    

कार्यक्रममा उत्कृष्ट सदस्यहरू कृशु पौडेल, शुसिल गुरुङ, बुद्धिनाथ पाण्डे, भिमबहादुर खड्का, दावा छिरिङ् शेर्पालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
    

त्यस्तै सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा शिक्षा समितिको सिफारिसमा सिष्मा गुरुङ र माध्यामिक तहमा ऐश्वर्या अधिकारीलाई नगद तथा प्रमाणपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो । 
    

संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता एवम् सचिव सोमबहादुर थापाद्वारा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भोजकुमार श्रेष्ठले स्वागत तथा सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो ।
    

संस्थाका अध्यक्ष सापकोटाले आगामी दिनहरूमा पनि सदस्यहरूको सान्र्दभिक साथ र सहयोग पाउने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगमा यसको महिमा र गरिमालाई उचो बनाउने बताउनुभयो ।
    

सचिव थापाका अनुुसार हाल संस्थामा एक हजार ९२९ जना शेयर सदस्य एवम् शेयर पुजीँ छ करोड एक लाख रुपैयाँ रहेको छ । संस्थाको कुल वासलत २७ करोड ४५ लाख रुपैयाँ रहेको र संस्थाले १८ करोड ८५ लाख निक्षेप संकलन गरी १८ करोड ३१ लाख ऋण परिचालन गरेको उहाँले जानकारी दिनुुभयो । सहकारीलाई प्रविधिमैत्री बनाउँदै यसको सञ्चालनका लागी आवश्यक नीति तथा कार्यबिधिहरू निर्माण गरि सहकारीका मूल्य र मान्यता अनुरुप सञ्चालन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
    

साधारणसभाले सचिव थापाद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक ईश्वरीप्रसाद पौडेलद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन र कोषाध्यक्ष लिला भट्टराईद्वारा प्रस्तुत वार्षिक बजेट प्रस्ताव पारित गरेको छ । कार्यसमिति सदस्य एवम् विनियम उपसमिति संयोजक रामचन्द्र शर्माले संस्थाका विभिन्न विनियम निर्माणका लागि प्रस्ताव प्रस्तुत गर्नुभएकोमा साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।
    

उक्त अवसरमा ऋण उप समिति संयोजक जीवनराज सापकोटाले ऋण लगानी र असुलीको बारेमा सदस्यहरूलाई प्रष्ट पार्नुभएको थियो ।     
    

कार्यक्रममा संस्थाका सल्लाहकारहरू डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बिष्णुबहादुर गुरुङ, कानुनी सल्लाहकार दामोदर अधिकारी, जिल्ला सहकारी संघका प्रतिनिधि मैना देबी रावतले बोल्नुुभएको थियो । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्