गोगन माध्यमिक विद्यालयमा परियारको संयोजकत्वमा भुपु.विद्यार्थी मञ्चको तदर्थ समिति
पाेखरा | मंसिर ३०, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालय पूर्व विद्यार्थी मिलन कार्यक्रम अन्तर्गत आज सम्पन्न भेलाले किसान परियारको संयोजकत्वमा गोगन मा.वि.भुपु विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरिएको छ ।
मञ्चको सह संयोजकमा रेशम रानाभाट, सचिवमा बिनोद भण्डारी, सहसचिवमा भावना पौडेल, कोषाध्यक्षमा एलिसा केसी रहनुभएको छ । मञ्चका सदस्यहरूमा किर्तीराज खनाल, अजय घिमिरे, दिपक पौडेल, विश्वर्र्ण बस्नेत हुनुहुन्छ ।
यस अघि कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै विद्यालयको सर्वाङ्गिण विकासमा पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पार्नुुभएको थियो । विद्यालयको समग्र उन्नयनका लागि भुपुु विद्यार्थीहरूसँग सहकार्य गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।
किसान परियारको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक मोहनराज बरालद्वारा सञ्चालित कार्यक्रममा स्वागत संयोजक हरिश्चन्द्र अधिकारीले गर्नुभएको थियो ।
नवगठित मञ्चका संयोजक परियारले मञ्चको विधान निर्माण गरी तत्कालै सम्बन्धित निकायमा दर्ता प्रक्रिया अघि बढाउने र विभिन्न क्षेत्रमा रहेका भुपु विद्यार्थीलाई पहिचान गरी विद्यालय र उनीहरूबीच समन्वय गर्दै अघि बढीने बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

