बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि

महिलातर्फ ग्राण्डे स्पोर्टस काठमार्डौलाई उपाधि

पाेखरा | मंसिर २९, २०८१

बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि


महिलातर्फ गाण्ड स्पोर्टस काठमार्डौलाई उपाधि
पोखरा: पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ । 


पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज (शनिबार) सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ६७–५५ अङ्कले पराजित गर्दै उपाधि चुमेको हो । 


पहिलो र दोस्रो क्वाटरमा पछि परेको बेनी नगरपालिकाले उत्कृष्ट पूनरागमन गर्दै उपाधि जितेको हो । पहिलो क्वाटरमा १४–२१, दोस्रो क्वाटरमा २६–३७ तेस्रो क्वाटरमा ४५–४९ ले पछि परेको बेनीले चौथो क्वाटरमा ४९–४९ को बराबरी ग¥यो । 


पहिलो क्वाटरमा ७, दोसो क्वाटरमा ११ र तेस्रो क्वाटरमा ४ अङ्कले पछि परेको बेनीले चौथो क्वाटरमा उत्कृष्ट पूनरामगन गर्दै ६७–५५ ले खेल जितेको हो । 


गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको  पुरुष तर्फको विजेता बेनी नगरपालिकाले नगद  १ लाख १५ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । 


यस्तै प्रतियोगितामा उपविजेता भएको पर्वतको जलजला गाउँपालिले नगद ७० हजारसहित शिल्ड, मेडल र प्रमापत्र प्राप्त ग¥यो । प्रतियोगितामा तेस्रो भएको पोखरा महानगरपालिकाले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । 


प्रतियोगितामा विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर बेनीका ओमकार रकाल, बेस्ट अफेन्सीप प्लेयर  जलजलाका उत्तम पुन र एमभिपी प्लेयर बेनीका दिप्पस केसी भए । उनीहले जनही १५–१५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । 


प्रतियोगितामा पर्वतका मोदी गाउँपालिका अनुशासित टिम घोषित हुँदै नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । 


यस्तै महिलातर्फ भएको ३*३ को उपाधि भने काठमाडौंको गाण्ड स्र्पोटस टिमले जितेको छ । आयोजक अन्नपूर्ण गाउँपालिका बास्केटबल संघलाई १४–८ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । 


यस्तै महिलातर्फको विजेता ग्राण्डले ३० र उपविजेता अन्नपूर्णले १५ हजार रुपैयाँसहित शिल्ड,मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । 


यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर अन्नपूर्णका कुशुम गुरुङ र एमभिपी प्लेयर छिरिङ चोक्का शेर्पा र एमभिपी प्लेयर ग्राण्ड रिङजिन मोक्तान भए उनीहरुले जनही १५÷१५ सय पुरस्कार प्राप्त गरे । 


कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा  पोखरा रंगशाामा मंसिर २५ देखी २९ गतेसम्म प्रथम अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता भएको थियो । 
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्