हिमालयन आँखा अस्पताल पोखरामा ‘आँखा बा’ प्रा.डा. पोखरेलको प्रतिमा अनावरण
पाेखरा | मंसिर २६, २०८१

पोखरा: हिमालयन आँखा अस्पताल पोखरामा ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा अनावरण गरिएको छ ।
नेत्रज्योति सङ्घ नेपाल कास्कीद्वारा हिमालयन आँखा अस्पताल पोखरामा निर्माण गरिएको ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा आज एक कार्यक्रमकाबीच अनावरण गरिएको हो ।
नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकीका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्री र हिमालयन आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले सयुक्त रुपमा प्रतिमाको अनावरण गरे ।
हिमालयन आँखा अस्पताल पोखराको प्राङ्गणमा आँखा बा प्रा.डा. रामप्रसाद पोखरेलको शालिकको प्रतिमा राखिएको छ ।
प्रतिमा अनावरणपछि बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकीका अध्यक्ष डा. दिलबहादुर क्षेत्रीले आँखा बा प्रा.डा. पोखरेलको प्रतिमाले चिकित्सक एवम् कर्मचारीहरुमा सेवा भावना बढेर जाने बताए ।
‘हिमालयन आँखा अस्पताल पोखरा अहिले जुन अवस्थामा छ त्यसमा आँखा बा प्रा.डा पोखरेलको योगदान छ’, अध्यक्ष क्षेत्रीले भने, ‘जग्गा दान र सहयोगको भरमा अस्पताल निर्माण गरेर आँखा उपचारमा योगदान पु¥याउनुभयो, आज उहाँको प्रतिमा अनावरण गर्दै गर्दा चिकित्सक र कर्मचारीहरुमा सेवा भाव समेत बढेर जाने विश्वास लिएको छु ।’
उनले हिमालय आँखा अस्पताल पोखरा र ‘आँखा बा’ प्रा.डा. पोखरेलको प्रतिमाको संरक्षण गर्ने दायित्व हामी सबैको काधमा आएको समेत बताए ।
प्रा.डा. पोखरेलका छोरी शोभाना पोखरेलले सेवामा भावमा जीवन बिताउनुभएका बुवाले सधै हिमालय आँखा अस्पतालको बारेमा प्रश्न गरिरहने बताईन् ।
को हुन् ‘आँखा बा प्रा.डा. रामप्रसाद पोखरेल’
‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेललको जन्म वि.स. १९९० जेठ ७ गते धनकुटाको कचेडीमा भएको हो । उनका माताको नाम योगमाया पोखरेल र पिताको नाम कविराज नरपति शर्मा पोखरेल हो । उनले १४ वर्षको उमेरमा एसएलसी परीक्षा उत्तिर्ण गरेका थिए ।
धनकुटाको गोकुण्डेश्वर स्कुलबाट सन् १९५१ सालमा एसएलसी पास गरेका उनले काठमाडौंबाट म्याट्रिक परीक्षा पास गरे ।
प्रा.डा. पोखरेलले भारतको केपी कलेजबाट सन १९५४ सालमा विज्ञान विषयमा प्रमाणत्रतह, सन् १९५९ सालमा लखनउको किंग जर्ज मेडिकल कलेजबाट एमबीबीएस र भारतमा चिकित्साविज्ञानमा स्ना उपाधि हासिल गरेपछि उच्च शिक्षा बेलायतको रोयल कलेज अफ सर्जन इडेनवर्गबाट फआरसिएससम्म अध्ययन पूरा गरे ।
भारत र बेलायतमा नै काम गरेका उनले सन् १९७१ मा बेलायतबाट नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट काम शुरु गरेका हुन् । प्रा.डा. पोखरेल नेपाल नेत्र ज्योति संघका संस्थापक समेत हुन् ।
नोटः यो संक्षिप्त जीवनी हिमालयन आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको मन्तव्यबाट तयारी पारिएको हो ।
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह ...
काठमाडौं: नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन् । उनीनेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हु...
काठमाडौं: वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ। क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। ...