वर्तमान संविधान जोगाउने दायित्व कानुन व्यवसायी हो: मुख्यमन्त्री पाण्डे
पाेखरा | मंसिर २४, २०८१
काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधान र सङ्घीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
नेपाल बार एशोसियशनको केन्द्रीय कार्यकारिणी परिषद्को ५०औँ बैठकको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लोकतन्त्र स्थापना र कानुन निर्माणमा कानुन व्यवसायीको भूमिका रहे जस्तै संरक्षणमा पनि दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।
संविधानअनुसार प्रदेश कानुन बन्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सात प्रदेशका मुख्यमन्त्रीको आवाज केन्द्र सरकारले नसुन्दा कानुन व्यवसायीले संविधान कार्यान्वयनमा आवाज उठाउन नसकेको जिकिर गर्नुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विधिको शासन कायम गर्न कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने भएकाले देशलाई सही बाटोमा हिँडाउने दायित्व कानुन व्यवसायीको रहने बताउनुभयो ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बादचनले अदालत र बारको सम्बन्ध नङ र मासुको जस्तो भएकाले बारलाई पन्छाएर अदालत एक्लै अगाडि बढ्न नसक्ने बताउनुभयो । न्यायसम्पादनमा सहयोगी भूमिका खेल्ने कानुन व्यवसायीको योगदान महत्त्वपूर्ण हुने बताउँदै उहाँले न्याय क्षेत्रका बारेमा घनिभूत छलफल गरी विकृति र विसङ्गति हटाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल बार एशोसियशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले वर्तमान प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले बारलाई बाइपास गरेर अगाडि बढ्न खोजेको आरोप लगाउनुभयो । “हामी बेन्च र बारको सम्बन्ध बलियो बनाउन चाहन्छौँ, उहाँले भन्नुभयो, “बारले उठाएका माग गलत छैनन् ।”
पोखरा: पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गर...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...

