किबीभन्दा अलैँचीबाट नै फाइदा
काठमाडाैं | मंसिर २४, २०८१
मङ्गलबारे: ‘अब यो किबी उखेलेर अलैँची नै लगाउने हो’ मकै बारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भन्नुभयो । करिब सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उहाँले किबीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताउनुभयो ।
सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० बोट रोप्नुभएको छ । किबी र अलैँची तुलना गर्दै उहाँ भन्नुहुन्छ, “ऊ बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए २ मन माथि फल्ने थियो, ऐलेको भाउमा पनि २ लाख माथि नै हुन्थ्यो ।”
करिब २० बोट किबीबाट पाँच हजारको पनि आम्दानी नभएको उहाँको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन् ।
अलैँची बराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने किसान बताउँछन् । अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो १ सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ तर अलैँची प्रतिकिलो २ हजार ८ सय माथिले बिक्री भइरहेको छ ।
अलैँचीको मूल्य हाल रु एक लाख १५ हजारसम्मले कारोबार भइरहेको छ । कुनै बेला प्रतिकिलो छ सय माथिले कारोबार भएको किबी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरुको भनाइ छ ।
बिक्री भएको किबी समेत कम मूल्यमा गइरहेको किसान बताउँछन् । किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको उनीहरु बताउँछन् । किबीको बजारीकरणमा समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ ।
किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्य समेत आलु बराबर मात्र पाइने गरेको उहाँले बताउनुभयो । सुरुमा किबी गर्ने किसानहरुले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको छ ।
सोचेजस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताउनुभयो ।किबीलाई फलफूलको राजा समेत उपनाम दिइएको छ । एउटै किबीबाट धेरैवटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रुपमा लिइन्छ ।
तर बजारीकरणमा सरकार तथा सम्बन्धित निकायले चासो नदिएको किसानहरुको आरोप छ । धेरै पौष्टिक तत्वले भरिपूर्ण मानिएको किबी फल इलामसहित काभ्रे, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा समेत खेती हुँदै आएको छ ।
पश्चिमी जिल्लाहरुमा समेत पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ । किबी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ । यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नु पर्दछ ।
भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ । यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ ।
रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुन्द्रीक सहतदेखि १ हजार २ सय मिटरदेखि माथि २ हजार ४ सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिने बताइएको छ ।
यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ ।
सामुन्द्रीक सहतदेखि १ हजार २ सय मिटरदेखि माथि २ हजार ४ सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिने बताइएको छ ।इलाममा करिब कुल ७ सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताउनुभयो ।
अघिल्लो वर्ष २ हजार ८ सय ५२ मेट्रिकटन किबी उत्पादन भएको उहाँले जानकारी दिनुभयो । किबीलाई प्रशोधन गरेर जुस, जाम समेत बनाउन सकिन्छ । जुस, जाम वा अचार बनाउन समेत पहल गर्ने हो भने किबीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानहरुको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

