आदर्श कप सुरु, सजिनको गोलमा एवाइसीको विजयी सुरुवात

पाेखरा | मंसिर २३, २०८१

आदर्श कप सुरु, सजिनको गोलमा एवाइसीको विजयी सुरुवात PHOTO: GOAL NEPAL

लेखनाथ:   शनिबारदेखि लेखनाथको भण्डारढिकमा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने नारासहित २५ औं संस्करणको आदर्श कप सुरु भएको छ ।

 

आदर्श युवा क्लब भण्डारढिकले ६ वर्षपछि अयाोजना गरेको आदर्श कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।

 

उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।

 

सो अवसरमा बोल्दै उनले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गरे ।

 

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएको बताए ।

 

 

उनले विभिन्न खेल गतिविधिहरुलाई पर्यटनसँग जोडेदै समग्र प्रदेशको विकास गरिने धारणा राखे ।

 

यसअघि एन्फा तनहुँ र आयोजकबीच भएको उद्घाटन खेलमा आयोजक आदर्श पुवा क्लब विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरको छ ।

 

आयोजकको जीतमा ४१ औं मिनेटमा आदर्श युवा क्लबका सजिन मगरले निर्णायक गोल गरे । उनै मगर म्यान अफ द म्याच घोषित भए ।

 

दोस्रो खेल आज दिउँसो १ बजे नेपाल आर्मी सिद्धिदल गत (पश्चिम पृतना) र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच प्रतिष्पर्धा हुनेछ । 

 

शौर्य सिमेन्टको मुख्य प्रायोजनमा शनिबारदखि सुरु भएको प्रतियोगिता आगामी २९ गतेसम्म चल्नेछ । 

 

सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ र उपविजेताले नगद रु २ लाख २५ हजार पाँचसय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

यसैगरी विभिन्न विधामा खेलाडीलाई पनि नगद र ट्रफिसहित पुरस्कृत गरिने क्लबका अध्यक्ष पदम गुरुङले बताए ।

 

उनका अनुसार क्वाटरफाइनल खेलका लागि प्रवेश शुल्क १ सय र सेमिफाइनल तथा फाइनल खेलका लागि १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्