विन्ध्येश्वरी आदर्श स्कुलमा शुक्रवारीय कार्यक्रम

पाेखरा | मंसिर २१, २०८१

विन्ध्येश्वरी आदर्श स्कुलमा शुक्रवारीय कार्यक्रम

पोखरा:  पोखरा महानगरपालिका–२ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । 

शुत्रवारीय अतिरिक्त क्रियाकलाप अनुसार आज विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको हो । 


वादविवाद कार्यक्रममा आधारभूत तह सिनियर तर्फबाट कक्षा ७ का छात्र विनायक गिरी प्रथम, कक्षा ६ का छात्र आदित्य लम्साल द्वितीय र सोही कक्षाकी छात्रा सबिता सुनारले तृतीय स्थान प्राप्त गरे । 


यस्तै आधारभुत (जुनियर) तर्फको संवाद प्रतियोगितामा कक्षा ४ का छात्राहरु दिया क्षेत्री र युनिका खनाल प्रथम, कक्षा ३ का छात्रहरु सौगात हमाल, अंकित मन्ना र आयान श्रेष्ठ द्वितीय र कक्षा २ का छात्राहरु एञ्जिला थापा र इभानी बास्तोलाले तृतीय स्थान प्राप्त गरे । 


विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता विविध कार्यक्रमले विद्यार्थीहरुको  चौर्तफी बिकास हुन सहयोग पुग्ने बताए । 


कार्यक्रमको निर्णायक मण्डलमा शैक्षिक प्रमुख होमराज अधिकारी र शिक्षिका अनिता थापा रहेका थिए भने, कार्यक्रमको सञ्चालन शिक्षिका उर्मिला परियारले गरिन् । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्