गहुँखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिँदै पोखरा महानगर

पाेखरा | मंसिर २१, २०८१

गहुँखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिँदै पोखरा महानगर तस्बिर फाइल

पोखरा:    पोखरा महानगरपालिकाले गहुँखेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको हो । 

महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि अनुुदान दिने निर्णय गरेको छ । 


महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पोखरा महानगपालिका क्षेत्रभित्र हुने गहुँखेतीका लागि न्यूनतम एक सय रोपनी क्षेत्रफलको ‘क्लष्टर’लाई आधार मानेर बीउ, जमिन जोत्न र थ्रेसिङ गर्न ५० प्रतिशत अनुदान दिइने छ । 


महानगरपालिकाका वडा नम्बर १३, १९, २३, २६, २७, २८ र ३२ का विभिन्न स्थानमा गहुँखेती प्रवर्द्धनात्मक कार्यक्रम कार्यान्वयन गरिने छ । 


यस वर्ष महानगरपालिकाले चार हजार किलोग्राम गहुँको बीउ ५० प्रतिशत अनुुदानमा वितरण गरेको छ । 

काठमाडौं:  उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र ब...

थप पढ्नुहोस्

मकवानपुर:  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...

थप पढ्नुहोस्

काठमाडौं:  देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता ...

थप पढ्नुहोस्