पट्नेरीमा कोटीहोम जारी, आजदेखि प्रवचन सुरु

पाेखरा | मंसिर १८, २०८१

पट्नेरीमा कोटीहोम जारी, आजदेखि प्रवचन सुरु

पोखरामा जारी कोटीहोममा संंगीतमय भजन कृतन, भक्तजनको घुइँचो

 

पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोको दोस्रो दिन (मंगलबार)बाट कथा प्रवचन सुरु भएको छ । 

 

गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा यज्ञको दोस्रो दिन प्रमुख बाचक शोभाकान्त ढकाल(कृपालु दास), दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले कथा बाचन गरेका थिए । 

 

कोटीहोममा स्थानीय श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको यज्ञ मूल समारोह समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए । 

 

कोटीहोमको शोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए । 

 

प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन संकल्पलाई पुरा गर्न कोटिहोमको आयोजना गरिएको हो । 

 

अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुनेछ ।  । 
 

 

कोटीहोममा सहभागि हुन आयोजकले पोखरेललाई आग्रह गरेको छ । ढुङगेसाँघु बसपार्कसम्म आएका भक्तजनलाई यज्ञ स्थलमा लैजानको लागि आयोजकले गाडीको व्यवस्था गर्ने जनाएको छ । 

 

कोटीहोममा १५ भन्दा बढि बाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ ।

 

धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटीहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्