पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस
काठमाडाैं | मंसिर १८, २०८१

पोखरा: ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामाअपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा र्यालीसहित कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा पोखराको चिप्लेढुुंङ्गाको मानव अधिकारचोकाबाट सुरु भएको र्याली न्यूरोड हुदैँ सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । र्यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो ।
र्यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुुरुङले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बनिरहेको बताउनु भएको छ । महानगर अन्र्तगतका कार्यलयहरु निर्माण भएका भवनहरु अपांगमैत्री बनेका छन् तर ब्यत्तिगत घरमा लागु गर्न कठिन रहेको बताउदै छलफल गरेर अगाडी बढने बताउनुभयो ।
विगतका वर्षदेखि महानगरले निर्माण गर्ने सबै संरचना अपांगमैत्री बनिरहेको बताउनुभयो ।
उहाँले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रीत गर्न भुमिका खेलेको बताउनुभयो ।
कार्यक्रम गर्दा यस क्षेत्रसंग सम्बन्धित संघसस्थासंग समन्वय गरेका छौ कमीमजोरी भए सच्याएर जानसक्छौ र अपांगता भएका समुदायलाई बाहिर राखेर गरिने विकास पूूर्ण हुन नसक्ने उपप्रमुख गुरुङले बताउनुभयो ।
उपप्रमुख गुरुङले अपांगता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
उपप्रमुख गुुरुङले महानगरले अपांगता भएका व्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको र बजेटको समेत व्यवस्था गरेको बताउदै केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिहरुको सुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, लोचना अधिकारी, अन्जना केसी, विष्णु सिग्देल, श्रीकान्त सापकोटा, दृष्टिविहिनहरुको तर्फबाट गिरिधारी सुवेदी, बहिराहरुको तर्फबाट सुनिता थापा, श्रवणदृष्टिविहिनको तर्फबाट पुष्पराज रिमाल, बौद्धिक अपांगताको तर्फबाट रामनारायण श्रेष्ठ, बहुअपांगताको तर्फबाट सान्त्वना के.सी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल, मनोसामाजिक अपांगताको तर्फबाट अर्जुन सुनार लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोलेका थिए । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।
काठमाडौं: मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।अस...
काठमाडौं: नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह ...